• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

पेरुका पूर्व शासक फुजिमोरीको निधन

एजेन्सी । पेरुका तत्कालिन राष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन भएको छ । बीबीसीका अनुसार उनको ८६ वर्षमा निधन भएको उनकी छोरीले जानकारी दिएकी छन् । 

फुजिमोरीले सन् १९९० देखि २०००सम्म शासन सत्ता लगाउँदा चरम भ्रष्टाचार र कम्यूनिष्ट अभियान विरुद्ध चर्को दमनचक्र चलाएका थिए । त्यसक्रममा उनले मानवअधिकारको उल्लङघन गरेको अभियोग पनि लागेको थियो । 

उनकी छोरीले क्यानसरका कारण पूर्व राष्ट्रपति फुजीमोरीको निधन भएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर