• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

दिल्लीको मुख्यमन्त्रीबाट केजरीवालले दिने भए राजीनामा  

काठमाडौं । नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने भएका छन्।

भारतको सर्वोच्च अदालतको शुक्रबारको आदेशले तिहाड जेलबाट छुटेका मुख्यमन्त्री केजरीवालले अबका दुई दिन पछि पदबाट राजीनामा दिने बताएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।

मुख्यमन्त्री केजरीवालले आमआदमी पार्टीको केन्द्रीय कार्यालयमा नेताहरूलाई सम्बोधन गर्दै राजीनामा गर्ने घोषणा गरेका हुन्।

उनले आफूले अग्निपरीक्षा गर्न चाहेको बताउँदै राजीनामा दिन लागेको बताए।

‘म मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिँदैछु। जनताले आफ्नो निर्णय नसुनाउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ,’ उनले भने, ‘म हरेक घर र हरेक सडकमा जान्छु र जनताको निर्णय नआउँदासम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्दिनँ।’

 जेलमा हुँदा राजीनामा नदिएकोबारे पनि उनले प्रष्टीकरण दिएका छन्। उनले लोकतन्त्रको सम्मान गर्ने भएकाले राजीनामा नदिएको बताए। ‘म लोकतन्त्रको सम्मान गर्छु त्यसैले मैले राजीनामा दिइनँ। मेरो लागि संविधान नै सर्वोच्च हो,’ उनले भने।

दिल्लीको मदिरासम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

न्यायाधीशहरू सूर्यकान्त र उज्‍वल भुयनले मुख्यमन्त्री केजरीवाललाई शर्तसहित छाडेको थियो। 

सिबिआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो। यसविरूद्ध केजरीवालले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर