• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

बोलेरो दुर्घटना हुँदा दोलखामा २ जनाको मृत्यु

काठमाडौँ । दोलखामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको गौरीशंकर गाउँपालिका– ४ झ्याकुमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । 

वागमती प्रदेश को बा २० च ७२६६ नम्बरको बोलेरो आइतबार बेलुकी ५: ३० बजे दुर्घटना हुँदा दुर्घटना हुँदा गौरीशंकर गाउँपालिका-३ की ७५ वर्षीय काली शेर्पा र सोही ठाउँ बस्ने ६० वर्षीय पसी शेर्पाको मृत्यु भएको हो । दुर्घटनामा ४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखा प्रहरी निरीक्षक सत्रुधनप्रसाद महतोले बताएका छन् । 
दुर्घटनामा सोही ठाउँ बस्ने चालक ३५ वर्षीय मिङमार तामाङ, बोलेरोमा सवार ३५ वर्षीय निङमा शेर्पा, ६५ वर्षीय अनसु शेर्पा र २२ वर्षी डोम्म शेर्पा घाइते भएका छन् । घाइतेहरूलाई सिंगटी प्राथमिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर