• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

बीमा प्राधिकरणको योजना: विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा

नेपाल बीमा प्राधिकरणले अब विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा समावेश गर्ने  योजना बनाएको छ । 

प्राधिकरणले सोमबार सार्वजनिक गरेको बीमा साक्षरता रुपरेखा-२०८१ को मस्यौदामा  विद्यालयस्तरको पाठ्यक्रममै बीमा शिक्षा विषय समावेश गर्ने उल्लेख छ । यसका लागि पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरिने प्राधिकरणको भनाइ छ।

वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयस्तरका विद्यार्थीलाई लक्षित गरी हरेक वर्ष विद्यार्थीसँग बीमा कार्यक्रम सञ्चालन गरिने प्राधिकरणको कार्यनीति छ।

बीमाका विभिन्न सूचना जानकारी तथा बीमा चेतनामूलक सामग्री प्रचारप्रसार गर्न आधिकारिक फेसबुक पेज, युट्युब च्यानल सञ्चालन गरिने र श्रव्यदृश्य सामग्री निर्माण गरी राष्ट्रियस्तरका टेलिभिजन र बीमाका आधिकारिक सामाजिक सञ्जालबाट प्रसारण गरिने पनि मस्यौदामा उल्लेख छ ।  

साथै उसले डिजिटल वित्तीय साक्षरतालाई प्राथमिकताका साथ प्रवर्द्धन गरिने तथा डिजिटल बीमा सेवाहरुका बारेमा जागरुकता बढाइने लक्ष्य रहेको बताएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर