• २०८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024

चलेन नेपालको ब्याटिङ, क्यानडा विरुद्ध फराकिलो हार

काठमाडौं । नेपालका ब्याटर फ्लप हुँदा क्यानडा विरुद्धको ओडिआई पहिलो सेरिजमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ । 

नेपालका लागि सर्वाधिक रन हान्ने खेलाडी नै बलरद्वय करण केसी र सन्दीप लामिछाने बनेका छन् । केसीले २७ र लामिछानेले २२ रन हाने । नेपालका चार ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा  नेपाली टोली पहिलो पटक क्यानडासँग पराजित भएको हो। यसअघिका तीन भेटमा नेपालले जित निकालेको थियो। 

टस हारेर क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ५० रन बनाउँदा अलआउट भयो। 

अलराउण्डर केसीले २४ बलमा २ चौका र २ छक्का प्रहार गरे। सन्दीप लामिछानेले २२ तथा आशिफ शेखले २० रन थपे। भिम सार्की १८ र गुल्सन झा १५ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशल मल्लले १२ रन बनाए। 

त्यसअघि क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ५३  रनको योगफल तयार पारेको थियो। 

क्यानडाका लागि कप्तान निकोलस पुरन ७३ रनमा अविजित रहे। उनले ४४ बलमा ३ चौका र ६ छक्का प्रहार गरे।  

ओपनर नवनित डालिवालले बनाएको ४८ रन नै सर्वाधिक रह्यो। ओपनर नवनित डालिवालले ९० बलमा ४ चौका प्रहार गर्दै ४८ रन बनाउँदा गुल्सन झा को बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए। 

पारगत सिंह ३५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे। उनले ७४ बलमा ४ चौका प्रहार गरे। 

अर्का ओपनर आरोन जोनसन १० रन बनाउँदा ललित राजवंशीको बलमा आउट भए। 

हर्ष ठाकेर २७ रनमा रनआउट भए। श्रेयास मोभ्भा ४ रन बनाउँदा कप्तान रोहित पौडेलको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। २७ बलमा २ चौका र २ छक्का हानेका डिलोन हेलिगंर २३ रन बनाउँदा ललित राजवंशीको बलमा कुशल भुर्तेलको हातबाट आउट हुँदै पेभेलियन फर्के। 

साद विन जफर १७ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीले क्याच लिर्दै आउट गरे। कलिम सना १० रन थप्दै पेभेलियन फर्के। 

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले  समान एक विकेट लिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर