• २०८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024

सुरक्षाका लागि प्रहरी गुहार्दै सीके राउतकी श्रीमती

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । 

राउतकै कारण आफूलाई असुरक्षा भएको भन्दै सोनी सिन्धु ललितपुरस्थित प्रहरी प्रभाग इमाडोलमा पुगेकी हुन् । सिन्धुले रातोपाटीसँग कुरा गर्दै प्रहरीले आफ्नो निवेदन लिन ‘आनाकानी’ गरेको बताइन् । 

प्रहरी वृत्त सातदोबाटोका डीएसपी चित्र भट्टराईले सोनी सिन्धुले दिएको निवेदन लिन आफूले मातहतलाई भनेको जानकारी दिए । उनले भने,  ‘मैले प्रभाग इमाडोललाई निवेदन लिनु भनेको छु ।’ 

डा.राउतले पनि यसअघि नै प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका थिए । उनीहरूको मुद्दा अदालतमा विचाराधीन छ । राउतले पत्नीसँग छोडपत्र माग गरेर अदालतमा रिट दायर गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर