• २०८१ असोज ४ शुक्रबार
  • Friday, 20 September, 2024

कांग्रेस–एमालेका राजदूत सिफारिस, पास गराउन माओवादीको साथ  !

काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा माओवादी केन्द्रले सत्ता पक्षकै योजनामा राजदूतहरुको सिफारिस अनुमोदन गराउन भूमिका खेलेको छ । 

सत्ता पक्षकै जसपा र विपक्षी रास्वपाले राजदूत सिफारिसमा नैतिकता र समावेशीता जस्ता विषय उठाएर फरक मत लेखेपनि माओवादी सांसदहरु भने सत्ता पक्षकै बोलीमा लोली मिलाउन पुगे । 

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबाहेक १६ राजदूतको नाम बहुमतले अनुमोदन गरेकाे छ ।

अनुमोदनको पक्षमा कांग्रेस, एमालेकै पक्षमा माओवादी सांसद जगप्रसाद शर्मा थिए । उपमहासचिव जनार्दन शर्मा पनि साेही समितिका सदस्य हुन् ।  

तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डीपी) अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भने ४ जना राजदूत अनुमोदनमा असन्तुष्टि व्यक्त गर्दै फरक मत राखे ।

राजपा र रास्वपाका सांसदले मापदण्ड विपरीत राजदूतमा सिफारिस भएका व्यक्तिको अनुमोदनमा माओवादीले पनि फरक मत राख्ने अपेक्षा गरेका थिए । तर माओवादीले पनि सत्ता गठबन्धन कांग्रेस–एमालेलाई साथ दिने गरी फरक मत राखेन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर