कांग्रेस–एमालेका राजदूत सिफारिस, पास गराउन माओवादीको साथ !
काठमाडौं । संघीय संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेकपा माओवादी केन्द्रले सत्ता पक्षकै योजनामा राजदूतहरुको सिफारिस अनुमोदन गराउन भूमिका खेलेको छ ।
सत्ता पक्षकै जसपा र विपक्षी रास्वपाले राजदूत सिफारिसमा नैतिकता र समावेशीता जस्ता विषय उठाएर फरक मत लेखेपनि माओवादी सांसदहरु भने सत्ता पक्षकै बोलीमा लोली मिलाउन पुगे ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईबाहेक १६ राजदूतको नाम बहुमतले अनुमोदन गरेकाे छ ।
अनुमोदनको पक्षमा कांग्रेस, एमालेकै पक्षमा माओवादी सांसद जगप्रसाद शर्मा थिए । उपमहासचिव जनार्दन शर्मा पनि साेही समितिका सदस्य हुन् ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद (डीपी) अर्याल र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भने ४ जना राजदूत अनुमोदनमा असन्तुष्टि व्यक्त गर्दै फरक मत राखे ।
राजपा र रास्वपाका सांसदले मापदण्ड विपरीत राजदूतमा सिफारिस भएका व्यक्तिको अनुमोदनमा माओवादीले पनि फरक मत राख्ने अपेक्षा गरेका थिए । तर माओवादीले पनि सत्ता गठबन्धन कांग्रेस–एमालेलाई साथ दिने गरी फरक मत राखेन ।
प्रतिकृया दिनुहोस