• २०८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024

भारत, चीन र रुससँगको आर्थिक गठबन्धनमा सामेल हुन किन चाहन्छ टर्की ?

विश्व भूगोलमा आफुलाई स्थापित गर्दै नेतृत्त्वदायी भूमिकामा उपस्थित जनाउदै आएको टर्की पछिल्लो समय अन्तराष्ट्रिय संजालमा समेत आफ्नो उपस्तिथीलाई बलियो बनाउने लक्ष्यमा अघि बढेको देखिन्छ। 

टर्कीका राष्ट्रपति अर्दोगान तय्यप ब्रिक्स लगायतका शक्ति राष्ट्र सामेल ठुला संजालमा हिस्सा लिन चाहेको उनका पार्टी प्रवक्ता उमर सेलिकले अन्तराष्ट्रिय फोरममा बोल्दै आएका छन्। 

प्रवक्ता सेलिकले टर्कीले ब्रिक्सको सदस्यताबारे केहि नखुलाएपनि ब्रिक्समा सामेल हुने प्रक्रिया सुरु गरिसकेको बताएका छन्। २२ देखि २४ अक्टुबरमा रुसको शहर कजानमा हुने ब्रिकसको बैठकले नयाँ सदस्यको बारेमा निर्णय लिने बताइएको छ। 

युरोपियन मुलुक बन्नलाई अगाडी सारिएको सर्तअनुसार काम गर्न नसकेपछि टर्कीको वर्षौंदेखि युरोपियन मुलुकको सदस्यता लिने प्रयास असफल हुँदै आएको छ। युरोपियन मुलुकहरुले टर्कीमाथि पश्चिमादेशहरुसंगको सम्बन्ध सुधार्नुपर्ने सर्त राख्दै आएका छन्। तर विश्व अर्थव्यवस्थामा १७ औं ठुलो मुलूक  टर्कीको ठुलो ब्यापार हिस्सा मध्ये रुस पहिलो र चिन दोस्रो हो। 

त्यसैले पनि टर्की रुस र चीनसंगको सम्बन्धलाई थप मजबुत बनाउदै अन्तराष्ट्रिय फोरममा आफुलाई थापित गर्न चाहन्छ।  त्यहिअनुसार पनि टर्कीले ब्रिकसमा सदस्यता लिन चाहेको बताइन्छ। 

के हो ब्रिक्स ?

सुरुमा यो समूहलाई द्यच्क्ष्ऋ भनिन्थ्यो। यो सन् २००६ मा गठन भएको विकासशील देशहरूको समूह हो। जसमा ब्राजिल, रुस, भारत र चीन सामेल थिए। सन् २०१० मा, दक्षिण अफ्रिका पनि यो समूहमा सामेल भयो र त्यसपछि यसको नाम द्यच्क्ष्ऋ बाट द्यच्क्ष्ऋक् भयो।

उत्तर अमेरिका र पश्चिमी युरोपका धनी देशहरूको राजनीतिक र आर्थिक शक्तिलाई चुनौती दिन विश्वका सबैभन्दा महत्त्वपूर्ण विकासशील देशहरूलाई एकताबद्ध गर्ने उद्देश्यले द्यच्क्ष्ऋक् गठन भएको थियो।

पछिल्ला वर्षहरूमा यस आर्थिक गठबन्धनमा धेरै विस्तारहरू भएका छन्। अब इरान, इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्स पनि यसमा सामेल भएका छन् ।

साउदी अरेबियाले पनि यो समूहमा सामेल हुने इच्छा व्यक्त गरेको छ भने अजरबैजानले पनि सदस्यताका लागि औपचारिक निवेदन दिएको छ । गत सोमबार ब्लुमबर्ग एजेन्सीको रिपोर्टले देखाउँछ कि टर्कीले धेरै महिना अघि ब्रिक्समा सामेल हुन आवेदन दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर