शेयर बजारको चलखेलमा किन लागे अर्थमन्त्री बिष्णु पौडेल ?

शेयरको दोस्रो बजार अर्थात पूँजीबजारको कारोबार समयमा कारोबारलाई असर पार्ने कुनै पनि किसिमको काम गर्न पाइदैन। त्यसैलेपनि शेयर बजारसंग जोडिएका कुनै पनि किसिमका कार्यक्रम तथा नीति निर्देशन ल्याउने काम कारोबार समयमा गरिदैन। 

अर्कोतर्फ पूँजीबजारमा सुचिकृत कम्पनीहरुलाई पनि कम्पनीको मूल्यमा प्रभाव पार्ने कुनै पनि किसिमको सूचना बाहिर ल्याउन दिइदैन। यदि त्यस्तो गरेको पाइएमा नेपाल स्टक एक्सचेन्जले कारबाही गर्छ भने आफ्नो क्षेत्राधिकार भन्दा बाहिर भए कारबाहीको लागि नेपाल धितोपत्र बोर्डलाई सिफारिस गर्छ। 

तर छड्के भ्रमण भन्दै बुधबार अर्थमन्त्री बिष्णु पौडेल कारोबार समयमै नेपाल स्टक एक्सचेन्जको कार्यालय पुगे। त्यो पनि दलबल लिएर। त्यतिमात्रै नभई उनले आफु निकट मिडिया तथा आफ्ना मिडिया टिम मार्फत शेयर कारोबारको समयमै नेप्से पुगेको खबर बाहिर ल्याए। जुन बजार प्रभावित पार्न पर्याप्त थियो। 

अर्थमन्त्री बिष्णु पौडेलले नेप्से पुगेर गरेका सम्बाद र प्रश्न आफैंमा आपत्तिजनक भएपनि शेयर कारोबारको समयमा नेप्सेमा उनको भ्रमण आफैंमा ठुलो चलखेल भएको पूँजीबजारका जानकार बताउछन। 

घटेको बजार बढाउँन जबर्जस्ती गर्नु वा बढेको बजारलाई घटाउन जबर्जस्ति गर्नु दुवै गलत हो ,त्यसमाथि पनि मुलुकका अर्थमन्त्री कारोबार समयमै दलबल पुगेर नेप्सेमा छड्के हानेको खबर बाहिरिनु आफैंमा खुल्लमखुल्ला चलखेल हो ।

३२०० मा पुगेको इन्डेक्स २५०० मा आइपुग्नुको र कारोबार रकम पनि ३० अर्बबाट ७ अर्बमा झर्नुको कारण खोज्न आएको भन्दै यस्तो हुनुको जवाफ दिनलाई अर्थमन्त्री पौडेलले नेप्सेका कर्मचारीलाई निर्देशन नै दिएको नेप्सेको कर्मचारी बताउछन। 

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गरेर प्राथमिक बजार मात्रै नभई अर्थतन्त्रनै चलायमान बनाउनमा लाग्नुपर्ने अर्थमन्त्री शेयर कारोबारकै समयमा नेप्से पुगेर स्टन्ट गर्नुमा आफैंमा एउटा गम्भीर बिषय भएको जानकार बताउछन। 

अर्थमन्त्रालयको एउटा महाशाखाले निर्देशन दिएकै भरमा धितोपत्र बोर्ड, नेप्से, सिडीएससी र राष्ट्र बैंकका हाकीम अर्थमन्त्रालय पुग्छन, तर नीतिगत रुपमा निर्णय लिएर पूँजीबजारको विकासमा लाग्नुपर्ने मन्त्री शेयर बजारनै प्रभावित हुनेगरी चलखेलमा किन लागे भन्ने अनुसन्धानको बिषय हो  ती जानकार बताउछन। 

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नहुँदा पछिल्ला ९ महिनादेखि सयौं कम्पनी आइपीओ र हकप्रद मार्फत पूँजी संकलन गरेर कारोबार बढाउँनबाट बन्चित छन्। तर त्यो महत्त्वपूर्ण काम गर्न छाडेर अर्थमन्त्री पौडेल नेप्से इन्डेक्स र कारोबारमा चाँसो लिएर कारोबार समयमै नेप्से पुग्नु आफैंमा शंकाप्स्द देखिएको जानकार बताउछन। पछिल्लो समय कुनै समुहको प्रभावमा अर्थमन्त्री पौडेल परेका हुन् कि भन्ने देखिन्छ रुु उनले भने। 

केहि ठुला समुह शेयर बजार बढेको बेला बजार प्रवेश गरेको र अहिले बजार घट्दा उनीहरु अप्ठ्यारोमा परेकाले यो समुहले अर्थमन्त्री पौडेललाई चलाएको आशंका गरिएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर