• २०८१ असोज ५ शनिबार
  • Saturday, 21 September, 2024

यसपाला टीकाको उत्तम साइत बिहान ११:३६ बजे

काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ का लागि उत्तम रहेको जनाएको छ ।

त्यस दिन बिहान ८:३३ बजे देवी विर्सजनको साइत रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । 

विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने उनले बताए । यस वर्षको नवरात्र अर्थात् दसैं यही असोज १७ गते बिहीबारदेखि सुरु हुँदैछ ।

त्यस दिन बिहान ९:१६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । साथै असोज १८ गते शुक्रबार झन्डा फेर्ने (पश्चिम मोहडा) ९:१४ बजे, असोज २२ गते मंगलबार पचलीभैरव यात्रा, असोज २४ गते बिहीबार फूलपाती र श्री तुलजाभवानी यात्रा बिहान ७:११ बजे र स्थिरासन बिहान ८:४३ बजे साइत रहेको समितिले जनाएको छ ।


त्यसैगरी असोज ३० गते बुधबार अखिलबलीपूर्ति गर्नुपर्ने समिति सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए । यसै दिन कोजाग्रत पूर्णिमा मनाएसँगै यस वर्षको दसैं समापन हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर