• २०८१ असोज १२ शनिबार
  • Saturday, 28 September, 2024

जनता ज्यान गुमाइरहेका छन्, ओली अमेरिकाबाट स्टाटस लेखेर ‘साझा चुनौती हो, मिलेर सामना गरौं’ भन्दैछन्

काठमाडौं । राज्य नागरिकको अविभावक हो । जव नागरिक अप्ठ्यारो अवस्थामा पुग्दछन् त्यहाँ राज्यको तुरुन्तै उपस्थिति हुनुपर्दछ । 

पूर्व अनुमान गरिए अनुसार विगत २ दिनदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजिवन कष्ठकर बनिरहेको छ । बाढी र डुवानका कारण दर्जनबढी मानिसहरुको ज्यान गएको खबर आईसकेको छ । उद्दारमा नै कठिनाइ भएकाले जनधनको क्षतिको विवरण अझैं सतहमा आएकै छैन । 

राजधानी काठमाडौं जस्तो ठाउँमा टहराको छतमा बसेका मानिसहरुको तुरुन्तै उद्दार हुन नसक्दा बालबच्चासहित ४ जनाले ज्यान गुमाएका छन् । 

ललितपुरका एसएसपी शेखर खनालका अनुसार ९ जनाको शव फेला पर्नुका साथै ११ जना बेपत्ता भएका छन् ।

यस्तो संकटका बेला सरकारले पूर्वयोजना बनाएर तत्काल उद्दार र राहत दिनुपर्ने हो । तर प्रधानमन्त्री केपी ओली भने संयुक्त राष्ट्रसंघको बैठकका लागि भन्दै अमेरिकामा बसिरहेका छन् । जवकी उनको सम्बोधन गर्ने काम नै सकिइसक्यो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विदेशमन्त्री एस जयशंकरलाई सम्बोधन गर्न लगाएर तुरुन्तै भारत फर्किए । 

प्रधानमन्त्री ओली आफ्नो भ्रमण छोट्याएर तुरुन्त नेपाल फर्कने र नागरिकको उद्दार र राहत तथा पुनस्थापनामा लाग्न सक्थे । दुःखमा परेका जनतासँगै दुःख बाढ्न आईपुग्न सक्थे । तर अहिलेसम्म उनी छिटो फर्कने कुनै सूचना र तयारी छैन । 

हाम्रो देशका प्रधानमन्त्री केपी ओली भने फेसबुकमा स्टाटस लेखेर यो साझा समस्या हो, मिलेर सामना गरौं भनिरहेका छन् । ओलीले लेखेका छन्, 'आज पनि देशैभर अविरल बर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजीसँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ। केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ।  सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला । मौसमविद्हरुका अनुसार आज पनि वर्षा हुने छ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौं, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं।'

उनकाे यस्ताे भनाइकाे मुनी सैयाैं मानिसहरूले प्रतिक्रया जनाउँदै असन्तुष्टि पाेखेका छन् । विनाेद लामिछाने थापा नामबाट कमेन्ट गर्दै भनिएकाे छ, 'घण्टौसम्म बाढीको बिच एउटा टिनको टहरा माथि चढेर सहयोग उद्धार कुरेर बस्दा बस्दै २ बच्चा सहित ४ जनालाई बाढीले बगाय‍ो । देशको राजधानीमा यस्तो हालत छ भने झन दुर्गममा कति डर लाग्दो होला ?
सेनाको हेलिकप्टर कहिले प्रयोग हुन्छ ?????भ्रष्ट नेताहरुको लागि मात्र ।'

रामप्रसाद पन्तले लेखेका छन्, 'भ्रष्ट लाई बोक्न बालकोट बाट धुलिखेल जाने हेलिकप्टर नख्खु पुग्न सकेन ४ जना को अकाल मै ज्यान गयो। लाज मान नालायक फेस्बुकमा स्टाटस लेख्न ?'

मध्यराति जाजरकोट केन्द्र भएर गएको भूकम्पमा नागरिकहरुले ठूलो कठिनाई भोग्दा विहान ५ बजेनै तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड घटनास्थल पुगेका थिए । उनी दिनभर उद्दारमा तिब्रता र सहजिकरण गर्न खटिएका थिए । जसका कारण सो भूकम्पमा परेकाहरुको उद्दार छिटो भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर