• २०८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024

धादिङको झ्याप्लेखोलामा पुरिएका २ बसबाट प्रहरीले १४ शव निकाल्यो 

काठमाडाैं । पृथ्वी राजमार्गको धादिङको झ्याप्लेखोलामा पहिरोले पुरिएका २ बसबाट १४ शव निकालिएको छ ।

काठमाडौं र धादिङबाट खटिएका प्रहरी टोलीले दुवै बसबाट गरी शनिबार साँझ १४ जनाको शव निकालेको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

उनका अनुसार लु १ ज ४५७८ नम्बरको माइक्रोबाट ५ र अर्को नम्बर खुलिनसकेको बसबाट ९ शव निकालिएको हो । खोजी कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।

 

प्रहरी घटनास्थलमा थप खोज तथा उद्धारको काम भइरहेको रजौरेले बताए ।

ससस्त्र प्रहरीले साे क्षेत्रमा उद्दार गरिरहेकाे जानकारी दिएकाे छ ।

शनिबार अविरल वर्षाका कारण त्रिभुवनराजमार्ग अन्तर्गत चन्दागिरि नगरपालिका वडा नम्बर २ र धादिङको सिमानामा पर्ने नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्लेखोलामा पहिरो झरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर