बाढीमा बगेकालाई बचाउने चणिकलाललाई बागमती सरकारकाे डेढलाखसहित सम्मान

हेटौंडा ।  ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रे तेमालका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले सम्मान गर्ने भएको छ।

उनलाई डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा प्रदेश सरकारले गरेको हो। 

प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकलालको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए।

काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए।

तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागिएको बताए। 
माओवादी केन्द्रकाे युवा संगठन वाइसिएलका कार्यकर्तासमेत रहेका तामाङलाई यसअघि अध्यक्ष प्रचण्डले समेत निवासमा बाेलाएर सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर