आलोचना बढेपछि ओलीले बोलाए संसदीय दल बैठक, के गर्छन् सचेतक बराललाई ?
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संसदीय दलको बैठक आव्हान गरेको छ । देशभर प्राकृतिक विपदा बढेको तथा यस्तो बेला सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना भइरहेका बेला एमालेले दलको बैठक डाकेको हो ।
सचिवालय बैठक ११ बजे र दलको बैठक १२ बजे बस्नेगरी बोलाएको नेताहरूले बताएका छन् । सचिवालय बैठक सिंहदरबार नजिकै रहेको बसेरा होटलमा बस्नेगरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत शनिबार आएको बाढीका कारण केन्द्रीय कार्यालयमा क्षति भएपछि सचिवालय बैठक बसेरा होटलमा बस्नेगरी बोलाएको अधिकारीले जानकरी दिए । त्यसैगरी संसदीय दलको बैठक सिहंदरबारमा बस्नेगरी बोलाइएको सांसद ठाकुर गैरेले जानकारी दिए ।
दुवै बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमण, बाढीपहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ ।
दलको बैठकमार्फत बाढीपहिरो तथा डुवान पीडितलाई सांसदहरूको पारिश्रमिकबाट केही रकम राहत कोषमा जम्मा गर्ने निर्णय गर्नसक्ने एक सांसदले जानकारी दिए ।
एमाले दलका सचेतक सुनीता बरालको विवादास्पद तस्वीरहरु समेटिएको टिकटक केही दिनअघि भाइरल भएकाले एमालेले यस विषयमा समेत निर्णय गर्न सक्ने स्रोत बताउँछ ।
अविवाहित बराल एक विवाहित पुरुससँग आलिंगन र चुम्बनमा लिप्त भएका तस्वीरहरु टिकटकमा देखिएका थिए । झापा गृहजिल्ला भएकी बराललाई प्रधानमन्त्री ओलीले नै प्राथामिकता दिदै सचेतकको जिम्मेवारीसम्म पुर्याएका थिए ।
प्रतिकृया दिनुहोस