• २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024

संसदीय समितिले गृहमन्त्री लेखकलाई सोध्योः विपदामा सरकार किन कमजोर ?

काठमाडौं । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रमेश लेखकसँग स्पस्टीकरण सोधेको छ । देशभर नागरिकहरु प्राकृतिक विपदामा परेका बेला सरकारको उद्दार तथा राहतको काम किन प्रभावकारी हुन सकेन भनेर समितिले सरकारलाई प्रश्न सोधेको हो । 

जवाफमा गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको दावी गरेका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जवाफ दिदै उनले बाढीले बगाएका ४ जना मध्ये २ जनाको उद्धार भएको र २ जना अझै बेपत्ता रहेको बताए । 

उद्धारको प्रतीक्षामा रहेकाहरूलाई उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको दाबी गरे । तर लामाे समय गुहार मागिरहेकाहरू बगुन्जेल उद्दार गर्न काेही पुगेन भने उद्दार गरिएका २ जना पनि एक नागरिकले गरेका हुन् ।

उनले भने-'नख्खु खोलाको बारेमा त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगेर रेस्क्यु गर्ने प्रयत्न गरेको हो ।  हेलिकप्टरबाट पनि उद्धार गर्ने कोसिस गरेको हो  । सरकार त्यहाँ नपुगेको भन्ने हाेईन । म अहिले पनि सबै प्रमुख जिल्ला अधिकारीहरूको सम्पर्कमा छु ।'

मौसम पूर्वानुमानको सूचनामा आधारित भएर बस सञ्चालन नगर्न र नगराउन सूचना जारी हुँदा पनि किन बस सञ्चालन गर्न दिइयो भनेर सांसदहरूले गृहमन्त्रीलाई सोधेका थिए । धादिङको झ्याप्लेखोलामा बस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

सो विषयमा गृहमन्त्री लेखकले भने, 'एडभाइजरी नोट जारी गरेका थियौं, तर त्यस्तो अवस्थामा पनि कसरी रात्रिबस चले भन्ने छानबिन गरिरहेका छौँ । आन्तरिक छानबिन भइरहेको छ ।' गृहमन्त्री लेखकले आगामी दिनमा प्राकृतिक विपत्ति आएमा कसरी उद्धार, राहतलगायतका काम गर्ने भन्नेबारे सरकारले तयारी गरेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर