• २०८१ पौष ७ आइतबार
  • Sunday, 22 December, 2024

बाढीग्रस्त क्षेत्रको अनुगमन गर्दै अध्यक्ष प्रचण्डसहितका माओवादी नेता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका पार्टी नेताहरूले बाढी प्रभावित नक्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको स्थलगत अवलोकन गर्ने भएका छन् ।

पार्टी पदाधिकारीसहित अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोली दिउँसो सवा २ बजे नक्खु पुग्नेछ भने भक्तपुरको हनुमन्तेमा साढे तीन बजे पुग्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ । 

असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानबाट ठुलो क्षति भएसँगै प्रचण्ड उपत्यकाको बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि जान लागेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर