बारसँगको लफडाबाट पछि हट्यो बेन्चः अध्यक्षविरुचको अपहेलना मुद्दा फिर्ता लिने
काठमाडौं । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता गरेको अवहेलना मुद्दा फिर्ता लिने भएका छन्।
उपरजिस्ट्रार घिमिरेले आफ्नो सामाजिक सञ्जालमा लेख्दै बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने बताएका हुन्।
आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘म हिजोदेखि निदाउन सकेको छैन। जिवनभर प्रजातन्त्रको पछि लागियो। वा सधै यस्कै लडाई लड्नु भयो।
बार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो। त्यसको नेतृत्व विरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउछु।
अदालत खुला हुदा आफ्ना भनाई सहित औपचारिक निवेदन दिनेछु। म कसैको प्यादा बन्न चाहिन।’
उनको निवेदन सर्वोच्च अदालतको तर्फबाट भएकाले फिर्ता हुने कि नहुने इजलासले नै निर्णय गर्ने छ।
प्रतिकृया दिनुहोस