• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

विपदमा घाइते भएकाहरू उपचारबाट वञ्चित हुन पर्दैन : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपदमा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् । बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपदबाट घाइते भएका उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पुगेका मन्त्री पौडेले   सो कुरा बताएका हुन् ।

उनले उपचार आवश्यक भएका सबै नागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले निःशुल्क उपचार उपलब्ध गराइरहेको बताए । उनले सरकारी अस्पतालहरूमा विपदबाट  घाइते भएका बिरामीहरुको निःशुल्क उपचार जारी रहेको र विपदबाट  घाइते भई उपचार नपाएका नागरिकहरूले पनि सरकारी अस्पतालमा पुगेर उपचार गराउन सक्ने बताए ।

मन्त्री पौडेले  कतिपय नागरिकहरुलाई सरकारले निःशुल्क उपचार गराएको बारेमा जानकारी नहुन सक्ने भन्दै सञ्चारमाध्यमले सूचना सम्प्रेषण गरिदिन आग्रह गरे । उनले विपदबाट भएका जस्तोसुकै जटिल समस्याको पनि उपचार सरकारले निःशुल्क गर्ने बताए । उनले घाइतेलाई उपचारबाट वञ्चित हुन नदिने प्रतिवद्धता जनाए ।

मन्त्री पौडेलले विपद कुनै पनि बेला आउन सक्ने भन्दै जनचेतना अभिवृद्धि गर्न जरुरी रहेको बताए । प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्ने काम भइरहेको जानकारी दिए । उनले तीन तहकै सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु अघि बढाइएको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर