• २०८१ असोज २० आइतबार
  • Sunday, 6 October, 2024

आज रातिको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । आज शनिबार साँझ देशको पहाडी भेगमा आंशिक बदली (पातलो बादल) रही बाँकी स्थानमा मौसम सफा छ। 

गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैबीच बागमती प्रदेशमा पर्ने काठमाडौँ उपत्यकामा भने आज राति वर्षाको सम्भावना कमै देखाइएको छ। मौसम महाशाखाले उपत्यकामा राति क्षणिक वर्षा हुने सम्भावना पनि केवल २० प्रतिशत भएको जानकारी गराएको छ। 

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशका पूर्वी र मध्य भागमा भने बंगलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बंगाल आसपास क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। 

वर्षा, बाढी र पहिराेकाे सम्भावित अवस्थाबाट सचेत रहन विभागले अनुराेध गरेकाे छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर