• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

आजको राशिफलः सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ

मेष : प्रतिस्पर्धामा सफल भइनेछ। टाढिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राको सम्भावना छ। प्रशंसा र पुरस्कार पाइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापार भने सामान्य नै रहनेछ।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ५५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिँदा मनमा शान्ति छाउनेछ। मद्यपान नगर्नु होला।

वृष : नयाँ र शुभकार्यको चर्चा चल्नेछ। प्रेममा सफलता प्राप्त हुनुका साथै नयाँ कार्य प्राप्तिको योग छ। ज्ञानमा वृद्धि हुनेछ। पुँजी बजारको लगानीमा भने नोक्सानी हुन सक्छ।

भाग्यशाली रङ रातो रहेको छ भने अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ५२, वैदेशिक कार्यमा ६० र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्यले राम्रो साथ देखिन्छ। स्वास्थ्य अनुकूलता ९० प्रतिशत रहेको छ। यस्तै, यात्राको योग ६७ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ।
यो राशि हुनेले आज सात्विक भोजन गर्ने र कालो रङको प्रयोग नगर्दा राम्रो हुन्छ।

मिथुन : शरीर भारी र मन अस्थिर रहने संकेत छ। झन्झटिलो काममा संलग्न हुनुपर्नेछ। आर्थिक नोक्सानी होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। कार्य सम्पादनमा समस्या आउला तर आत्मबल बढाएर गरेमा असफल भइँदैन।

भाग्यशाली रङ गुलाबी र अङ्क ६ हो। प्रेम र सम्बन्धमा आजको भाग्याङ्क निकै राम्रो छ। जसमा ९० प्रतिशतसम्म सफलता मिल्नेछ। त्यस्तै, व्यापारमा ५०, वैदेशिक कार्यमा ३१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेले आज भगवान् शिवजीको दर्शन गर्दा राम्रो हुनेछ भने हरियो रङको प्रयोग नगर्ने।

कर्कट : शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। चिताएको कामले तीव्रता लिनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ५९, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ८२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने। 

सिंह : अनावश्यक यात्रा र झमेलामा परिएला। शरीर भारी र मन अस्थिर रहने संकेत छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सामान हराउन सक्छ। मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

कन्या : नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। भौतिक सुखमा बढोत्तरी हुनेछ। दाजुभाइ तथा दिदीबहिनीबाट सहायता मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ७१, व्यापारमा ६८, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी, स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ। युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ। नयाँ र शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्धमा मधुरता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

यो राशि हुनेको आज भाग्यशाली रङ खैरो रहेको छ भने भाग्यशाली अङ्क ५ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७५, वैदेशिक कार्यमा ७५ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ। स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेले आज रोगीलाई सहयोग गर्नु मनासिब देखिन्छ। छलकपट नगर्नु होला।

वृश्चिक : विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। बाहिरी खानपान र स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ। साँझमा भने कुनै समाचारले मन खुसी रहला।

भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४५, वैदेशिक कार्यमा ८० र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेले आज प्यासीलाई पानी दिने र सजिलै अरूको विश्वास नगर्ने।

धनु : नयाँ र शुभ कार्यको योजना बनाउने तथा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ।

भाग्यशाली रङ रातो रहेको छ भने भाग्यशाली अङ्क ३ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्यले ५५ प्रतिशतसम्म साथ दिनेछ भने यात्रा गर्ने सम्भावना ५० प्रतिशत र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेले आज पितृ देवताको आशीर्वाद लिएर काम गर्दा  सफलताको दर बढ्नेछ। छलकपटतिर नलाग्नु होला।

मकर : सकेसम्म कम बोल्नु तथा आफूले नजानेको काममा हात नहाल्नु नै हितकर हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। निर्णय कार्यान्वयन हुन नसक्ने देखिन्छ। साँझमा भने चलाखीपूर्ण बोलीले काम बन्न सक्छ।

भाग्यशाली रङ हरियो र भाग्यशाली अङ्क ७ रहेको छ भने  प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४९, वैदेशिक कार्यमा ६७ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ४४, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेले आज घरबाट निस्कँदा दही खानु राम्रो हुनेछ। झुट बोलेमा मिथ्या आरोप सहनु पर्ला।

कुम्भ : रोकिएका काम पुनः सुरु हुनेछन्। आफन्त वा इष्टमित्रसँग पुनर्मिलनको योग छ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७७, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४४ प्रतिशत सफलता मिल्नेछ।

यस्तै, स्वास्थ्य अनुकूता ४७, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेले आज प्यासीलाई पानी दिएमा मनले चिताएको पुग्नेछ। खैरो रङको प्रयोग चाहिँ नगर्नु होला।

मीन : कुनै कुराले मनमा शान्ति छाउनेछ। निर्माणको कार्य अघि बढ्नेछ। सहयोगीले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। परिवारसँग समय बिताउने अवसर जुट्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल  र भाग्यशाली अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

त्यस्तै, स्वास्थ्य अनुकूलता ७२, यात्राको योग पनि ७२ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेले आज निमुखा प्राणीलाई खानेकुरा दिनु राम्रो हुनेछ। छलकपट गरियो भने नमज्जासँग फसिनेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर