• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

ह्यारिसको समर्थनमा खुलेर लाग्न पूर्व राष्ट्रपति ओवामाको आग्रह

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कमला ह्यारिसको समर्थनमा अगाडि आउन आग्रह गरेका छन ।

ओवामाको आग्रहले कतै ह्यारिसको चुनावी अभियानमा चिन्ता पैदा भएको त छैन भन्ने प्रश्न उव्जाएको छ । अश्वेत पुरुषहरूको ह्यारिसप्रति समर्थन घटिरहेको पछिल्लो सर्भेक्षणहरुले देखाएको छ ।

पिट्सबर्गको एक चुनावी कार्यालयमा अचानक भएको भ्रमणका क्रममा पूर्व राष्ट्रपति ओवामाले यो विषयमा कडा रूपमा उठान गरे ।
ओवामाले अश्वेत पुरुषहरुप्रति महिला राष्ट्रपति भएको राम्रो हुने विचार नपलाएको आरोप समेत लगाय । कुनैपनि बहानाबाजी नगरी खुलेर ह्यारिसको प्रचार अभियानमा जुट्न अश्वेत पुरुषहरु संग आग्रह समेत गरे ।

डेमोक्रेटिक पार्टीका सबैभन्दा लोकप्रिय व्यक्तित्व ओबामा मानिन्छन । उनले चुनावी अभियानले अन्तिम हप्ताको दौडमा गति दिने अपेक्षा गरिएको छ ।
ओबामाले स्वयंसेवकहरूलाई भने कि उत्साहको कमी विशेष गरी कालो पुरुषहरूमा देखिएको छ ।

पूर्व राष्ट्रपति ओबामाले ह्यारिसको लागि पिट्सबर्गबाट सुरु भएको निर्णायक राज्यहरूमा प्रचार अभियान थाल्नु गरे । श्रमिक संगठनहरूको बलियो प्रभाव रहेको छ । यो अर्को महत्त्वपूर्ण निर्वाचन समूह पनि हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर