• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

भारतमा थप दुई विमानमा बमको चेतावनी

काठमाडौं । भारतको मुम्बईबाट अमेरिकाको न्युयोर्कका लागि उडेको एयर इन्डियाको विमानलाई बमको धम्कीका कारण दिल्लीतर्फ डाइभर्ट गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको छत्रपति महाराज अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान २ विमान उड्नेबित्तिकै एउटा ट्विटबाट बमको धम्की दिएको थियो। लगत्तै सुरक्षा संयन्त्रले विमानलाई दिल्लीतिर मोड्न निर्देश गरेको थियो। त्यसपछि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। 

अहिले सबै यात्रु सकुशल छन्। प्रहरी र सुरक्षा निकायले विमानको जाँच गरिरहेका छन्।

एयर इन्डियाले एक विज्ञप्ति जारी गरी मुम्बईदेखि जोन एफ केनेडी विमानस्थलका लागि उडेको एआई ११९ को उडान सुरक्षा चेतावनीका कारण दिल्ली डाइभर्ट गर्नुपरेको र यात्रुलाई परेको असुविधा सक्दो कम गर्न प्रयासरत रहेको जनाएको छ।

सबै यात्रु सकुशल रहेको र थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । भारतीय मिडियाहरूले यस विषयमा दिल्ली पुलिसले एक बयान पनि जारी गर्दै विमान हाल दिल्ली विमानस्थलमा रहेको, यात्रु र चालक दलको सुरक्षा सुनिश्चित गर्न सबै मानक सुरक्षा प्रोटोकलहरू पछ्याइएको जानकारी दिएको उल्लेख गरेका छन् ।

यसअघि अगस्टमा मुम्बईबाट आएको एयर इन्डियाको विमानमा पनि बमको धम्की आएको थियो ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर