• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

विश्वकप छनोटः जापान र अष्ट्रेलियाले खेले बराबरी, कोरियाको जित

काठमाडौं । एसियाली देशकाबीच भएको विश्वकप छनोट अन्तर्गतको खेलमा यो क्षेत्रका शक्तिशाली दुई देश जापान र अष्ट्रेलियाले बराबरी खेलेका छन् । 

आज भएको खेलमा दुई देशबीचको खेल एक एक गोलको बराबरीमा सकिएको हो । तर संयोग यस्तो परेको थियो कि दुवै तर्फको गोल अत्मघाती होे । 

खेलको खेलको ५८औं मिनेटमा आत्मघाती गोलभएपछि अष्ट्रेलियाले अग्रता लिएको थियो । तर ७६औं मिनेटमा अष्ट्रेलियाले पनि आत्मघाती गोल गर्यो र खेल एक एक गोलको बराबरीमा टुंगियो । 

अर्को खेलमा दक्षिण कोरियाले जित निकालेको छ । इराक विरुद्ध दक्षिण कोरियाले ३–२ गोलको जित निकालेको हो । 

खेलमा अग्रता ४१औं मिनेटमा गोल गरेर कोरियाले लिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर