• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

गगन थापा नजिकका कांग्रेस केन्द्रीय सदस्य सिवाकोटी पक्राउ

काठमाडौं । महामन्त्री गगन थापा नजिकका मानिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी पक्राउ परेका छन् । पूर्व पत्रकारसमेत रहेका सिवाकोटी महामन्त्री थापाको पक्षमा खुलेर लागेका नेता हुन् । 

उनी काठमाडाैं बालुवाटारमा बाटोमा हिँड्दा हिँड्दै पक्राउ परेकाे निकटस्थ बताउँछन् । 

उनलाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको हो । साँझ सवा ६ बजेपछि प्रहरीले बालुवाटारबाट पक्राउ गरेर मालिगाउँ ल्याएको उनले जानकारी दिए । 

निर्मला कुर्मीलाई न्याय माग्दै ६८ दिनदेखि निरन्तर आन्दोलित नेपालगञ्जका अधिकारकर्मी तथा नागरिकको आन्दोलन चलिरहँदा सडक जाम भएपछि के रहेछ भनेर गाडीबाट ओर्लिएर हेर्दा आफूलाई प्रहरीले पक्राउ गरेको उनले बताए । 

प्रहरीलाई आफूले आफ्ना बारेमा जानकारी दिएको भए पनि दुर्व्यवहार गरेर पक्राउ गरेर मालिगाउँ ल्याइएको उनले बताए । संयाेगले हाल गृहमन्त्री कांग्रेसकै नेता रमेश लेखक छन् ।

सडकमा हिँड्दा हिँड्दै हातको मोबाइल खोसेर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । मोबाइलमा भएका तस्बिरहरु स्थायी रुपमै हटाउन लगाएकोसमेत उनले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर