• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

ललिता निवास जग्गा काण्डबाट बचाउन एमालेले मीनबहादुरसँग खुलमखुला घुस लियो: प्रभु साह

जनकपुरधाम । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले नेकपा एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लिएको आरोप लगाएका छन् । 

सिरहाको गोलबजारमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा उनले सरकारवादी मुद्दाका प्रतिवादी रहेका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले संरक्षण पाउनका लागि सरकारको नेतृत्व गरेका पार्टीलाई घुसबापत अर्बौंको जग्गा दान गरेको उनको आरोप छ । 'यो खुलमखुला घुस हो,' उनले प्रश्न गरे, 'यदि त्यसो होइन भने के उहाँले हामीजस्ता गरिब पार्टीलाई दान दिनुहुन्छ त ?'

साहले लाखौं सदस्य भएको र अथाह सम्पत्ति भएको अर्बपति पार्टीले सदस्यहरूबाटै चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने भए पनि एमालेले घुस लिएको कुरा प्रस्ट भएको उनले बताए । यसले एमाले र त्यस पार्टीका नेताहरूको भ्रष्ट चरित्र उदांगो पारेको र एमालेको यो कदम नेपाली राजनीतिलाई थप विकृत बनाउने भन्दै उनले चिन्ता व्यक्त गरे ।

आफ्नो पार्टी कार्यालयसमेत बनाउन नसक्ने र खुलमखुला घुस लिने एमालेबाट मुलुक बन्छ भन्ने विश्वास गर्न नसकिने उनको भनाइ छ । व्यापारीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब, असहाय र निमुखालाई सहयोग गर्नुपर्नेमा प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र मेयरहरु भएको सत्ताको नेतृत्व गर्ने पार्टीलाई सहयोग गरेर जनतालाई लुटिरहेको आरोप पनि उनले लगाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर