• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

आजको राशिफलः काममा अवरोध सृजना हुनसक्ने सम्भावना

मेष : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। प्रेमीको सहयोग प्राप्त हुनेछ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

वृष : आफन्तको सल्लाह, सहयोग र हौसला पाइनेछ। रमणीय र सुखद यात्राको योग छ। धर्मकर्ममा मन लाग्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बोलीवचनमा संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : लाभ र हानि बराबर हुनेछ। महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : काममा अवरोध सृजना हुनसक्ने सम्भावना छ। स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः  सचेत रहनु होला। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। साँझपख सहयोग गर्नेहरू  भेटिनेछन्। शुभ समाचार पनि मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह : अतिथिको रूपमा सत्कार पाइएला। अधुरो कार्यले पूर्णता पाउनेछ। मानसिक शान्ति मिल्नेछ। सुरु गरेका काम सहजै सम्पन्न हुनेछन्। बोल्दाखेरी भने संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीको स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कन्या : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पुँजी बजारको क्षेत्रबाट लाभ मिल्नेछ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ। प्राविधिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : निर्णय कार्यान्वयन हुन नसक्ला। काममा अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ला। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग भेट हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

धनु : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा पनि ६८, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर : रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। प्रणय सम्बन्ध सकारात्मक रहनेछ। सेयर बजारमा रुचि बढ्नेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। अरूको चित्त दुख्ने काम।

कुम्भ : समय मध्यम खालको रहनेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। सहयोग गर्ने र आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन्। कार्यक्षेत्रमा अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला। सामानहरू छुट्ने वा हराउने सम्भावना छ। अनावश्यक धन खर्च हुनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर