• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

सुशासनमा 'शुन्य सरकार'

२०६२/६३को ऐतिहासिक सफल दोस्रो जन आन्दोलनको माध्यमद्वारा  नेपाललाई जनयुद्ध बाट शान्ति प्रक्रियामा अबरतरण गराइएकाे इतिहास लामाे भएकाे छैन । प्रतिनिधि सभा पुनस्थापना, अन्तरिम संबिधान, बिस्तृत शान्ति सम्झौता, संबिधान सभा निर्वाचन, संबिधान सभा को दोस्रो निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माण, दुई पटक तिनै तहको निर्वाचन सम्पन्न गरेर आजको नवीन नेपाल निर्माण मा समकालिन राजनीतिक दल र  नेताहरुको भुमिका अतुलनीय छ । 

सामन्ती निरंकुशताको अन्त्य गरेर नेपालमा  सबै जातजाति, भाषा, धर्म र समुदाय अनि पिछडिएका क्षेत्रको  समावेशीता समानुपातिक प्रतिधित्व र पहुँच को सुनिश्चितता कायम गर्दै आजको राजनीतिक  स्वतन्त्रता अनि बिचार र अभिव्यक्ति स्वतन्त्रता कायम गरेकोमा हाम्रा राजनीतिक दलका नेताहरु - गिरिजाप्रसाद कोइराला, पुष्प कमल दाहाल प्रचण्ड, माधब कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई , खिलराज रेग्मी, सुशील कोइराला, शेरबहादुर देउवा र के पि शर्मा ओलीलाइ हार्दिक नमन र सम्मान गर्नै पर्दछ । अनि नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा माओवादी र मधेसवादी राजनीतिदलहरूको आन्दोलन र योगदान को कारण नै गणतन्त्र नेपाल को निर्माण र संस्थागत विकास भएको हो ।

तर  भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न भने हामी चुकेकै छौं । यो तथ्य आत्मसात गरेर अब पनि हामी र हाम्रा नेताहरु नसुध्रने हो भने राजनीतिक दलका नेताहरुकै कारणले मुलुकमा भयावह परिस्थिति शृजना हुन सक्ने छ ।

अधिकांश  राजनीतिक दलका नेताहरुको अत्यन्तै भड्किलो, आलिसान र बिलासी जीवन शैली एबं अपारदर्शी आयश्रोत अकुत सम्पत्ति आर्जन नै आजको राजनीति प्रति आम जनताको बितिष्णा को मुल कारण बन्न पुगेको छ । भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन कायम गर्न अब कठोर निर्णय लिनै पर्दछ । केहि राजनीतिक नेता र उनिहरुको परिवार अनि उच्च पदस्थ भ्रष्ट कर्मचारीहरुको तत्कालै सम्पत्ति छानबिन गरि अकुत सम्पत्ति जफत गर्न अब ढिलो गर्नु हुदैन ।

तर अब मुलुकको  सुशासन, समुन्नतिको  लागी यिनै नेताहरुले आफू र आफ्नो पार्टीमा व्यापक सुधार र परिमार्जन गर्दै  निर्मम भुमिका र जिम्मेवारी बहन गर्नै पर्दछ । हामीले नगरे, कसले गर्ने ? अहिले नगरे, कहिले गर्ने ? आजै बाट हामी सबै यस अभियानमा लाग्नु जरुरी छ ।

इतिहासको भुमिकाको मुल्यांकन, बर्तमानको जिम्मेवारी अबलोकन  र भबिस्यको खबरदारी र सुनिश्चितता गर्ने दायित्व र जिम्मेवारी नयाँ र युवा पुस्ताहरुकै हो,  हाम्रो नै हो ।
-गिरी कांग्रेस महासमिति सदस्य हुन्   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर