• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

भिसा नदिएपछि सन्दीपको अमेरिका यात्रा फेरि अनिश्चित

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा स्टार क्रिकेटर सन्दीप लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको छ। काठमाडौंस्थित अमेरिकी राजदूतवासले हालसम्म भिसा नदिएपछि लामिछानेको अमेरिका यात्रा अनिश्चित बनेको हो।

नेपाली टोलीले शुक्रबारदेखि आयोजक अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रीदेशीय टी-२० शृंखला खेल्दैछ। त्यसलगत्तै नेपालले सोही टोलीविरुद्ध आइसीसी लिग-२ को महत्त्वपूर्ण खेलहरू खेल्‍दैछ। नेपालले लिग २ अन्तर्गत कात्तिक ११ गते अमेरिकाविरुद्ध खेल्नेछ। 

यसअघि ८ खेल खेलिसकेको नेपालले एउटामात्र जित हात पारेको छ। एक खेल रद्द हुँदा नेपालले ६ खेलमा पराजित भएको छ। त्यसैले पनि अमेरिकामा हुने लिग २ का खेलहरू महत्त्वपूर्ण रहेको छ। तर, राष्ट्रिय टोलीका मुख्य लेग स्पिन लामिछानेले भिसाका कारण प्रतियोगिता गुमाउने परिस्थित बनेको छ।

लामिछानेले भने एक तस्वीर सार्वजनिक गर्दै उत्साही रहेकाे लेखेका छन् । तर यसमा उनले विषय र प्रशंग खुलाएका छैनन् ।

नेपाल क्रिकेट संघ (क्यानका) प्रवक्ता छुम्बी लामाले सन्दीप लामिछानेको भिसा प्रक्रियामा रहेको बताए। सन्दीपले भिसा पाउनेमा क्यान विश्वस्त रहेको उनको भनाइ छ।  अमेरिकी दूतावासले भिसा होल्ड गरेपछि क्रिकेट लामिछानेले भने दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा 'नियन्त्रणभन्दा बाहिरको परिस्थिति' सिर्जना भएको उल्लेख गरेका छन्।

भिसा नपाएकै कारण लामिछाने क्यानडाबाट नेपाल फर्किएका थिए। क्यानडा र ओमानसँगको त्रीदेशीय शृंखलापछि नेपाली टोली उतैबाट अमेरिका गएका थिए। 

यसअघि पनि सन्दीपले अमेरिकामा आयोजित टी-२० विश्वकपको खेल गुमाएका थिए। बलात्कार मुद्दाका अभियुक्त भन्दै अमेरिकी दूतावासले भिसा नदिएपछि सन्दीप गत जुनमा अमेरिका जान पाएका थिएनन्। उनले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल भने खेलेका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर