• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

टी–२० आई सिरिजः अमेरिकाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । अमेरिका भ्रमणमा रहेको नेपालले शुक्रबारकाे खेलमा सानदार सुरुआत गरेको छ । नेपालले डलासमा भएको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा अमेरिकामाथि १७ रनको प्रभावशाली जित निकालेको हो । यससँगै तीन खेलको शृंखलामा नेपालले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ ।

टस हारेर पहिला ब्याटिङ गरेकाे नेपालले अमेरिकालाइ जितका लागि १ सय ६५ रन लक्ष दिएकाे थियाे । अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । खराव सुरुवात गरेको अमेरिकाका लागि सयन जहाँगिरले सर्वाधिक ६० रन बनाए । उनले ३४ बलको सामना गरेर ६ चौका र दुई छक्का प्रहार गरे ।  

नेपाली बलरमध्ये दीपेन्द्रले २७ रनमा तीन विकेट लिए । गुल्सन झा, करण केसी र रिजन ढकालले एक एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको ४९ रनमा ९ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । रोहितले ३३ बलमा चार चौका र एक छक्का प्रहार गरे । आफ्नो अर्धशतक पूरा गर्ने क्रममा उनी रनटआउट भए । नेपालले सुरुआत भने राम्रो गरेको थियो र पहिलो विकेटका लागि ४८ रनको साझेदारी भएको थियो ।

दुवै ओपनर अनिल साह र आसिफ सेखले समान २७ रन बनाए । इनिङ्सको अन्त्यतिर दीपेन्द्रसिंह ऐरीले १७ बलमा २८ रन बनाए । 

नेपालले अन्तिम पाँच विकेट पाँच रनमै गुमाएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर