• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

७ दिनभित्र जवाफ पेस गर्न बारका अध्यक्षलाई सर्वोच्चको आदेश

काठमाडौँ । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले बारका अध्यक्ष वरिष्ठ अधिवक्ता घिमिरेविरुद्ध अदालतको अवहेलनामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा बारका अध्यक्षविरुद्ध अवहेलनाको मुद्दा अगाडि बढेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले बिहीबार बारका अध्यक्ष घिमिरेलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

'यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाका म्यादबाहेक ७ दिनभित्र आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीको नाममा म्याद सूचना जारी गरी लिखितजवाफ परे वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नू,' आदेशमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर