• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

ओली सरकारको तीन महिनाः सर्वेक्षणले देखायो जनतामा ‘चरम निराशा’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेतृत्व गरेको, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले झ्याप्पै काँध हालिदिएको वर्तमान दुईतिहाई नजिकको सरकारबारे जनतामा चरम निराशा देखिएको छ ।

राजनीतिक स्थिरता, विकास, समृद्धि, संविधान संशोधन लगायतका गुलिया नारा अघि सारेर सामान्यतः बहुदलीय संसदीय अभ्यास बाहिर गएर संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर ओली नेतृत्वमा सरकार बनेको थियो । 

सरकारले देशको शान्ति सुरक्षा, सुशासन र समृद्धि तथा जनतामा आशा भर्ने काम गर्ने चर्चा पनि यी दुई दलका नेताहरुले गरेका थिए । तर सरकारले तीन महिले हनिमुन अवधि पार गर्दै गर्दा बीबीसी नेपाली सेवाले गरेको एक सर्वेक्षणले वर्तमान सरकारप्रति जतामा चरम निराशा रहेको देखाएको छ । जनताले ओली नेतृत्वको सरकारबाट कुनै आशा नभएको र भ्रष्टाचार थप संस्थागत हुन थालेको, जनताले राहत नपाएको जस्ता टिप्पणी गरेका छन् । 

वर्तमान सरकारलाई प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायतले पनि स्वार्थका कारण बनेकाे, भ्रष्टहरू जाेगाउन लागिपरेकाे, व्यापारीले स्वार्थका कारण बनाइदिएकाे जस्ता गम्भिर आराेप लगाएकाे थियाे ।

बीबीसीले आफ्नो आधिकारीक फेसबुक पेज बीबीसी न्यूज नेपालमा ‘र्तमान सरकारको पहिलो तीन महिनाको काम तपाईँलाई कस्तो लाग्यो ?’ #BBCNepali #KPSharmaOli #NepalPolitics भनेर मत सर्वेक्षण गरेको छ । 

उक्त पोष्टमा कमेन्ट गर्ने लगभग सतप्रतिशतले नै नकारात्मक टिप्पणी गरेका छन् । बीबीसीले हिजो बुधबार राति ८ बजेर १२ मिनेटमा यो पोष्ट गरेको थियो । १६ घण्टा पछि आज बिहीबार मध्यान्न १२ बजेजर ५५ मिनेटको अवधिमा यसमा ५२३ रियाक्सन, ५२७ कमेन्ट र ८ जनाले शेयर गरेका छन् । 

५२३ मध्ये ११८ जनाले रिस उठेको प्रतिक्रिया दिदा जम्मा ५ जनाले मात्रै लभ रियाक्ट गरेका छन् । कमेन्टमा पनि लगभग सबैनै नकारात्मक टिप्पणीले भरिएका छन् ।

जसमध्ये केही यस्ता छन्ः 
‘जोकर दरबारमा पस्यो भने उ राजा बन्दैन, दरबार चाहिँ सर्कसमा परिणत हुन्छ। त्यसैले आश गर्नु बेकार छ।’

सरकारले १ सय दिन पूरा गरेकाे अवसरम तपाइकाे प्रतिक्रिया चैं के छ ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर