• २०८१ कार्तिक २ शुक्रबार
  • Friday, 18 October, 2024

बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तीन दलका शीर्ष नेताहरुको बैठक आयोजना गरेका छन् ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको उनको सचिवालयले जानकारी दिएको छ । 

बैठकमा न दलका शीर्ष बाहेक गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश वडाल सहभागी छन् । 

बैठकमा शान्ति प्रक्रियालाई टुुङ्गोमा पु¥याउने विषयसँग जोडिएका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग गठनलगायतका विषयमा छलफल हुने जनाइएको छ । 

गत भदौ १३ गते राष्ट्रपतिबाट ती आयोगसम्बन्धी कानुनलाई संशोधन गर्ने विधेयक प्रमाणीकरण भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर