• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

अमेरिकाविरुद्धको सिरिज कब्जा गर्ने लयमा नेपाल, पायो १५७ रनको लक्ष

काठमाडौं । अमेरिकाविरुद्धको टी–२० आई सिरिज क्लिन स्विप गर्ने लयमा रहेको नेपालले आज पहिला बलिङ गर्यो । अमेरिकाले ५ विकेट गुमाएर १५६ रन बनाएपछि नेपालले १५७ रनको लक्ष पाएको छ । 

नेपालका लागि सोमपाल कामीले ३ तथा ललित राजबंशी र रिजन ढकालले एक एक विकेट लिएका छन् । 

ब्याटिङतर्फ अमेरिका सइतेज मुकामल्ला र मिलिण्डकुमार बाहेक अरु ब्याटर जम्न सकेनन । सइतेले सर्वाधिक ६८ र कुमारले ४३ रन हाने ।

अमेरिकाको डालसमा रहेको ग्राण्ड प्रेरीमा अन्तिम टि ट्वान्टी आईमा घरेलु टोली विरुद्ध नेपालले सुरुवाती दुई खेल जितिसकेको छ । पहिलो टि ट्वान्टी आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो ।

यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि ट्वान्टी आई सिरिज क्लिन स्विप गरेको थियो ।

नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । 

यो टि ट्वान्टी सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ ।

कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर