• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

बार्सिलोनाले हान्याे ५ गाेल, सेमिल्लामाथि सहज जित

एजेन्सी । स्पेनिस लगिमा लिडर बार्सिलोनाले आइतबार सहज जित निकालेको छ । बार्सिलोनाले सेभिल्लामाथि ५–१ गोलको जित हासिल गरेको हो । 

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले समान २ तथा पेड्रीले १ गोल गरे ।

लेवान्डोस्कीले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा पेड्रीले गोल गरेपछि अग्रता दोब्बर भएको थियो । 

लेवान्डोस्कीले ३९ औं मिनेटमा अर्को गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो ।

पाब्लोले ८२ औं र ८८ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको जित सहज बनेको थियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा सेभिल्लाका स्टानिस इडुम्बोले गोल गरेका थिए।

बार्सिलोना १० खेलबाट २७ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानका रियल म्याड्रिकको २४ अंक छ । सेभिल्ला १२ अंक जोडेर १३ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर