• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

मन्त्रिपरिषद बैठक बस्दै, अध्यादेश ल्याउन लागेको हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज (सोमबार) साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ । बैठकका एजेण्डाबारे जानकारी गराइएको छैन । यद्यपि आजको बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेशबारे केही निर्णय हुनसक्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले अध्यादेशबारे नेपाली कांग्रेसलगायतका दलसँग छलफल अघि बढाइसकेका छन् । यसअघि गत शुक्रबार मन्त्रिपरिषद् बैठक बसेको थियो । 

सो बैठकले संक्रमणकालीन सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि सिफारिस समिति गठन गरेको थियो । त्यस्तै, जलन प्रभावितको निःशुल्क उपचार गर्ने लगायतका निर्णय सो बैठकबाट भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर