• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

काठमाडाैंमा अवतरण भएकाे भारतीय वायुसेवाकाे अर्काे जहाजमा पनि बमकाे हल्ला

काठमाडौँ । मंगलबार काठमाडौंमा अवतरण भएको भारतको निजी वायुसेवा भिस्तारामा बम भएकाे हल्ला चलेकाे छ ।

दिउसो ४ः३० बजे काठमाडौंमा अवतरण भएको भिस्तारामा बम रहेको खबर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टर्मिनल कार्यालयमा प्राप्त भएपछि भिस्ताराको एयरबस ए३२० विमानलाई पार्किङ्गवेबाट अलगै राखेर सुरक्षा जाँच भइरहेको विमानस्थलले जनाएको छ ।

दिल्लीबाट अवतरण भएलगत्तै भिस्ताराको जहाजमा आएका सबै यात्रु, लगेज, कार्गो चेकजाँच भइरहेको वमानस्थलले जनाएकाे छ । प्रहरी र सेनाले जहाजलाई निगरानी गरेर जाँच गरिरहेका छ ।

बमको हल्लापछि त्रिभुवन विमानस्थलको उडान समेत प्रभावित भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार मात्रै ५४ वटा उडानमा बम भएको सूचना फैलिएपछि उडान प्रभावित भएका छन्। 

भारतको इन्डियो, विस्तारा, एयर इन्डिया लगायतलाई लक्षित गर्दै बमले उडाइदिने धम्की आएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर