• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

च्याम्पियन्स लिगः रियल, आर्सनल र एस्टाेन भिल्लाको जित, पिएसजीकाे बराबरी  

काठमाडौं । युराेपेली च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस रियल म्याड्रिड, प्रिमियर क्लब एस्टाेन भिल्ला, आर्सनल र जिराेनाले जित निकालेका छन् ।

उता फ्रान्सेली सुपरपावर पीएएसजीले बराबरी खेल्दा जर्मन क्लब बोरुसिया डोर्टमण्डलाई पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डोर्टमण्डलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै शानदार कमब्याक गरेको थियो ।

रियल म्याड्रिडको जितमा भिनिसियस् जुनियरले ह्याट्रिक गरेका थिए । त्यस्तै एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले एक एक गोल गरेका थिए । त्यसैगरी डोर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक एक गोल गरेका थिए ।

यो यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको दोस्रो जित हो । ३ खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड नवौं स्थानमा रहेको छ । 

डोर्टमण्डको पनि ३ खेलमा ६ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा छ ।

एस्टाेन भिल्लाले बाेलाेग्नालाइ २–० गाेलले हराउँदा आर्सनलले साख्तर डाेनस्क र जिराेनाले साेभान ब्रस्टिलाभालाइ हराएकाे हाे । 

पीएसजी भने पीएसभीसँग एक एक गाेलकाे बराबरीमा राेकियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर