• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

सय दिनको समिक्षा गर्दै सत्ता गठबन्धन

काठमाडौं । सत्तारूढ दलको बैठक बालुवाटारमा सुरु भएको छ।

प्रधानमन्त्री ओलीले सरकार सम्हालेको १०० दिन पुगेको अवसरमा आज आफ्ना कामको विवरण सार्वजनिक गर्ने कार्यक्रम समेत रहेको छ।

आजको बैठकमा पनि सरकारको कामको १०० दिनको समीक्षा लगायत राजनीतिक विषयमा छलफल गर्ने एजेण्डा रहेको बताइएको छ।

बैठकमा कांग्रेस एमालेका शीर्ष नेतासहित अधिकांश सत्तारुढ दलका नेताको सहभागिता रहेको छ। 

 ओलीले आज (बुधबार) सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्ने भएका छन्। आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट उनले सरकारको १०० दिने उपलब्धी सार्वजनिक गर्नेछन् ।

ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका काम कारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । 

गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेण्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर