• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

सरकारको समीक्षाः आगामी कार्ययोजना पर्सी सार्वजनिक गर्ने

काठमाडौं । सत्तारुढ दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिन पुगेको अवसरमा सरकारका कामको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल भएको छ। 

आज बिहान बालुवाटारमा  बसेको सत्तारुढ दलको बैठकले पर्सि ३ बजे बैठक बसेर दलको दृष्टिकोण सार्वजनिक गर्ने निर्णय भएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

उनले सरकारको १०० दिनको उपलब्धि प्रधानमन्त्रीले दिउँसो ३ बजे दिने जानकारी गराए। पोखरेलले सहकारीको विषयमा ५ राजनीतिक दलको सहमतिमा संसदले छानबिन समिति गठन गरेर प्रतिवेदन निर्माण गरेको स्मरण गराए। उनले सहमतिमै प्रतिवेदन तयार गरेकाले संसदको निर्देशन अनुरुप प्रतिवेदन कार्यान्वयन अगाडि बढिरहेको धारणा राखे। 

उनले भीड जम्मा गरेर न्याय निरोपणमा असर गर्ने कार्य नगर्न रास्वपाका कार्यकर्तालाई आग्रह गरे। उनले स्वतन्त्र र निष्पक्ष रुपमा न्याय निरोपण हुने विश्वास व्यक्त गरे। उनले भने, ‘छानबिन र न्यायिक निरुपणको आफ्नो प्रक्रिया हुन्छ। फौजदारी अभियोगमा छानबिन चलिरहेको बेलामा सडकबाट छानबिनको प्रक्रियालाई प्रभावित गर्ने कुरा उचित होइन।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर