• २०८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024

पहिलो हाफमा नेपालले हान्यो श्रीलंकालाई ४ गोल

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबलमा नेपाल समूह विजेता बन्ने संघर्ष गरिरहेको छ । श्रीलंका विरुद्धको खेल फराकिलो अन्तरमा जितेमा नेपाल समूह विजेता बन्ने र अघिल्लो चरणमा अर्को समूहको उपविजेतासँग प्रतिस्पर्धा गर्ने छ । 

दशरथ रंगशालामा जारी खेलमा नेपालले श्रीलंका विरुद्ध ४–० गोलको अग्रता लिएको छ । नेपाललाई सहज अवस्थामा पुर्याउन रेखा पौडेलले २ तथा सावित्री भण्डारी साम्बाले एक र सविता राना मगरले एक गोल गरे । 

साम्बाले दायाँ विंगबाट पेनाल्टी क्षेत्र भित्र बल लग्दै दिएको कटब्याकलाई सविताले गोलमा परिणत गरिन् ।

११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । विमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् ।

१३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । अमिषा कार्कीको क्रसमा रेखाले ६ यार्ड बक्स नजिकबाट पहिलो टचमै फिनिस गर्दै नेपाललाई ३-० ले अघि बढाइन् ।

३७ औं मिनेटमा नेपालले ४-० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।

समूहमा भुटान ३ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । यस खेलमा ५ गोलको अन्तरले जित हासिल गरे नेपाल सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

समूह ए बाट बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारत भने उपविजेता बनेको हो । सेमिफाइनल खेलहरु आइतबार हुनेछन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर