• २०८१ कार्तिक ९ शुक्रबार
  • Friday, 25 October, 2024

साफ महिला फुटबलः सेमिफाइनलमा भारतविरुद्ध नेपालको भेट पक्का

काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबलको सेमिफाइनल खेलमा नेपालको भेट भारतसँग हुने पक्का भएको छ ।

आज दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो । 
अर्को समूहबाट भारत उपविजेता बन्दै सेमिमा प्रवेश गरेको थियो । 

नेपालले श्रीलंकालाई फराकिलो अन्तरले हराएसँगै भुटान समूहको उपविजेता बनेको छ । उपविजेता भुटानले भने समूह विजेता बंगलादेशको सामना गर्नुपनेछ । 

आजको खेलमा रेखा पौडेलले २ साबित्रा भण्डारी साम्बाले एक, सविता मगले एक,रश्मीकुमारी घिसिङले एक गोल गरिन ।

खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो ।  ११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । विमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् ।

१३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् ।  ३७ औं मिनेटमा नेपालले ४–० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।
 
दोस्रो हाफको सुरुवाती मिनेटमै सविताले सहजै गोल गरिन् । इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मीले गोल गर्दै नेपालको समूह विजेता पक्का गरिन् ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर