साफ महिला फुटबलः सेमिफाइनलमा भारतविरुद्ध नेपालको भेट पक्का
काठमाडौं । काठमाडौंमा जारी साफ महिला फुटबलको सेमिफाइनल खेलमा नेपालको भेट भारतसँग हुने पक्का भएको छ ।
आज दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।
अर्को समूहबाट भारत उपविजेता बन्दै सेमिमा प्रवेश गरेको थियो ।
नेपालले श्रीलंकालाई फराकिलो अन्तरले हराएसँगै भुटान समूहको उपविजेता बनेको छ । उपविजेता भुटानले भने समूह विजेता बंगलादेशको सामना गर्नुपनेछ ।
आजको खेलमा रेखा पौडेलले २ साबित्रा भण्डारी साम्बाले एक, सविता मगले एक,रश्मीकुमारी घिसिङले एक गोल गरिन ।
खेलको आठौं मिनेटमा सविताको गोलमा नेपालले अग्रता लियो । ११ औं मिनेटमा साम्बाले उत्कृष्ट गोल गरिन् । विमला विकले दिएको पासमा पहिलो टच लिँदै डिफेन्डर बिट गरिन् र २५ यार्ड टाढाबाट सुन्दर गोल गरिन् ।
१३ औं मिनेटमा नेपालका लागि रेखाले गोल गरिन् । ३७ औं मिनेटमा नेपालले ४–० को अग्रता लियो । साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट हल्का छुँदै गोलको दिशा दिइन् ।
दोस्रो हाफको सुरुवाती मिनेटमै सविताले सहजै गोल गरिन् । इन्ज्युरी समयको दोस्रो मिनेटमा रश्मीले गोल गर्दै नेपालको समूह विजेता पक्का गरिन् ।
प्रतिकृया दिनुहोस