• २०८१ कार्तिक १४ बुधबार
  • Wednesday, 30 October, 2024

भारतले निम्ता नदिएपछि चीन जाने तयारीमा प्रधानमन्त्री ओली !

काठमाडौं । सरकार बनेकै दिन भ्रमणको निम्तो दिने छिमेकीहरुले संसदकै दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई तीन महिना वितिसक्दा पनि भ्रमणको निम्तो दिएका छैनन् । यो तीन महिनाको अवधिमा प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको बैठकका लागि अमेरिका उडे । 

सामान्यत हरेक नयाँ प्रधानमन्त्रीलाई भारतले भ्रमणको निम्तो दिने गर्दछ । तर यसपाली प्रधानमन्त्री ओलीले निम्तो नपाएपछि चीन जाने तयारी गरेको एमाले स्रोतको दावी छ । 

ओलीको चीन भ्रमणका लागि राजनीतिकरुपमा दुवैतर्फबाट आन्तरिक तयारी तीव्र पारिएको छ। सकेसम्म प्रधानमन्त्रीको भ्रमण मंसिर महिनाभित्रै गर्ने गरी दुवै पक्षबाट तयारी थालिएको दाबी स्रोतको छ। 

चिनियाँ कम्युनिस्ट पार्टीपनि नेपालका प्रधानमन्त्रीको भ्रमण तत्काल गराउन तयार देखिएको छ। चिनियाँपक्षबाट भ्रमणको निम्ता आइसकेको समेत एमाले उच्च स्रोत बताउँछ।  तर त्यसकाे घाेषणा गरिएकाे छैन ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन अमेरिका गएका बेला चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए।  त्यसबेला नै भ्रमणका बारेमा कुरा भएको बताइएको छ। तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको औपचारिक पुष्टि भने गरेको छैन। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर