प्रशिक्षक फेरिएपछि फर्ममा आयो युनाइटेड, सिटी र एस्टोन भिल्ला पराजित
काठमाडौं । नियमित प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि रूड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा सफल शुरुवात गरेका छन् ।
चुनौतीपूर्ण अवस्थामा क्लब सम्हाले पनि कारबाओ कपमा म्यानचेस्टर युनाइटडेले लेस्टर सिटीमाथि ५–२ को फराकिलो जीत दिलाउँन सफल भए । जितसँगै युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
उता प्रिमियर लिगमा शीर्ष स्थानमा रहेकाे म्यानचेष्टर सिटी भने पराजित भएकाे छ । गएरातिकाे खेलमा सिटी टाेटनह्याम हर्सपरसँग पराजित भयाे । अर्काे खेलमा लिगमा लय समातिरहेकाे एस्टाेल भिल्ला पनि पराजित भएकाे छ । एस्टाेन भिल्लाले क्रिष्टल प्यालेससँग २–१ गाेलकाे हार खायाे ।
युनाइटेडका लागि पहिलो गोल ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले १५ औं मिनेटमा ३० यार्ड दूरीबाट सानदार शट प्रहार गर्दै गरेका थिए ।
अलजाहेन्द्रो गार्नाचोले २८ औं मिनेटमा गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो । ३३ औं मिनेटमा बिलाल एल अन्नोसले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने संकेत गरेका थिए ।
तर, ३६ औं मिनेटमा ब्रुनो फर्नान्डेस र ३९ औं मिनेटमा कासमिरोले गोल गरेपछि युनाइटेड ४–१ ले अघि बढेको थियो । पहिलो हाफको अतिरिक्त समयमा लेस्टरका कोडीले गोल गर्दै अग्रता ४–२ मा झारेका थिए । दोस्रो हाफमा युनाइटेडले थप १ गोल गरेपछि ५–२ को नतिजा निस्कियो । युनाइटेडका ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल ५९ औं मिनेटमा गरेका थिए ।
लिभरपुलका फरवार्ड कोडी गाक्पोको दुई गोलको मद्दतले ब्राइटनलाई हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ ।
पहिलो हाफमा कुनै गोल भएको थिएन । तर, दोस्रो हाफको पहिलो मिनेटमै डच खेलाडी गाक्पोले उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले बललाई कटिङ गर्दै भित्र ल्याई शक्तिशाली प्रहारमार्फत जाली चुमाएका थिए ।
गोल भएपछि खेलमा थप रोमाञ्चकता आयो। लिभरपुलका गोलकिपर वीतेजस्लाभ यारोसले लिभरपुलका लागि आफ्नो पहिलो पूर्ण खेलमा सिमोन अडिङ्ग्राको हेडरलाई एक हातले उत्कृष्ट बचाउ गरेका थिए ।
लिभरपुलले ब्राइटनलाइ ३–२ गाेलले हराउँदा अार्सनलले प्रिस्टनलाइ ३–० गाेलले हरायाे ।
प्रतिकृया दिनुहोस