पुष्प-धीरेन्द्र जस्ता योद्धाहरुको वलिदानबाट गणतन्त्र सम्भव भएको हो : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
दमक। पुर्व उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राज्यद्वारा वेपत्ता पारिएका नागरिकको स्थिति अविलम्ब सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन्। नेता श्रेष्ठले वेपत्ता नागरिकको स्थिति सार्वजनिक गर्ने शान्ति प्रक्रियाको महत्वपुर्ण काम बाँकी रहेको वतए।
शुक्रवार झापाको दमक स्थित पुष्प-धीरेन्द्र स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेता श्रेष्ठले लामो कसरतपछि सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन राष्ट्रिय सहमतिका साथ पारित भएको वताए।
श्रेष्ठले भने-' टिआरसि विद्येयक पारित भएको छ, अव वेपत्ता नागरिकको स्थिति अविलम्ब सार्वजनिक गरिनुपर्दछ।'
नेता श्रेष्ठले जनयुद्धका दौरानमा सेनाको भैरवनाथ गणवाट वेपत्ता वनाइएका पुष्प र धीरेन्द्र जस्ता महान योद्धाहरुको अतुलनीय योगदानकै कारण मुलुकमा संघीय लोकतन्त्रक गणतन्त्र वहाली भएको वताए। श्रेष्ठले भने-' हामी बाँचेकाहरुले उहांहरुका सपना साकार पार्न लाग्नुपर्दछ।'
दमक-१ निवासी २६ वर्षीय पुष्पराज बस्नेत र २० वर्षीय धिरेन्द्र बस्नेत वि.सं. २०६० सालमा तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणवाट वेपत्ता पारिएका थिए । उनीहरु दुवै जना स्थानीय भीमबहादुर बस्नेत र चन्द्रकुमारी बस्नेतका क्रमशः माइला र कान्छा छोरा हुन् ।
उनीहरुकै सम्मान र सम्झनामा प्रतिषठान स्थापना गरी सिटिइभिटी अन्तर्गत गैरनाफामुलक वहुप्राविधिक शिक्षालय सञ्चालन गरिएको अध्यक्ष तिर्थराज बस्नेतले जनाए।
कार्यक्रममा दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईले पुष्प-धीरेन्द्रको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने वताइन्।
प्रतिकृया दिनुहोस