• २०८१ कार्तिक १८ आइतबार
  • Sunday, 3 November, 2024

भारतीयकाे दादागिरीः हतियारसहित नेपाल प्रवेश, स्थानीयले गरे प्रतिकार 

बुटवल । नेपाली सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले दादागिरी देखाउन अझै छाेडेकाे छैन । पश्चिम नवलपरासीको सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मी गैरकानुनी रुपमा प्रवेश गरेका छन् । सुस्ताका दुईजना नेपालीलाई समात्न उनीहरु गाडीसहित आएका हुन् । भारतीय हतियारधारी सशस्त्र बन रक्षकको टोली छिरेर दुईजना नेपालीलाई पक्राउ गर्न शुक्रबार दिउँसो आएका हुन् ।्र

भारतीय सुरक्षाकर्मी नेपाल छिरेको थाहा पाएपछि स्थानीयले घेरा हालेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई खबर गरेका थिए । केहीबेरमै भारतीय हतियारी सुरक्षाकर्मीलाई सशस्त्रले नियन्त्रणमा लिएर भारततिरै पठाइदिएको हो ।

सशस्त्रले नियन्त्रणमा लिएपछि भने भारतीय सुरक्षाकर्मीहरुले आफूहरु सशस्त्र वनरक्षक भएको र गस्ती गर्ने क्रममा बाटो भुलेर नेपाल तर्फ आउन पुगेको भन्दै उम्किएका थिए । सामान्य केरकारपछि प्रहरीले उनीहरुलाई भारततिरै पठाइदिएको छ । 

भारतीय सुरक्षाकर्मीहरु हतियारसहित नेपाली बस्तीमा छिरेपछि सुस्ताबासी त्रसित बनेका छन् शुक्रबार दिउँसो साढे ३ बजे बिआर २२ बिजे ४४१६ नम्बरको जिपमा उनीहरु आएका थिए ।

सुस्ताका स्थानीय बासिन्दाका अनुसार उनीहरु हतियारसहित गाडीमा ५ जना आएका थिए । भारतीय भूभाग हुँदै बिना अनुमति सोझै हतियारसहित सुस्ता आएका थिए । यसरी गैरकानुनी रुपमा प्रवेश गर्दा नेपाली सुरक्षाकर्मीहरु भने बेखबर थिए । स्थानीयले घेरा हालेर नियन्त्रणमा लिएपछि मात्रै प्रहरी र सशस्त्रले थाहा पाएका थिए । भारतीय सुरक्षाकर्मी छिरेको देखेपछि सुस्ताका स्थानीयले नाराबाजी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर