• २०८१ कार्तिक १८ आइतबार
  • Sunday, 3 November, 2024

भेनेजुयला जाँदै माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज (शनिबार) भेनेजुयला जाँदैछन् ।

भेनेजुउलाको पार्लियामेन्ट्री फोरमले यही नोभेम्बर ४ र ५ तारिखमा गर्न लागेको विचार गोष्ठीमा सहभागी हुन अध्यक्ष नेपाल त्यता जान लागेका हुन् ।

नेपालको साथमा पार्टी सचिव शेरबहादुर कुँवर पनि भेनेजुयला जाने बताइएको छ । आफूहरु आज (शनिबार) दिउँसो साढे १२ बजेको उडानबाट भेनेजुयला प्रस्थान गर्ने नेता कुँवरले जानकारी दिए । 

यही नोभेम्बर ४ तारिखमा हुने उक्त समारोहलाई अध्यक्ष कमरेडले सम्बोधन गर्ने र नोभेम्बर  ७ तारिखका दिन फर्किने कार्यक्रम रहेको कुँवरले जानकारी दिए । उ

क्त कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि भेनेजुयला जाने चर्चा थियो । तर, उनको सचिवालयले भने श्रेष्ठ भेनेजुयला जाने कार्यक्रम नरहेको जानकारी दिएको छ । 

अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर