• २०८१ कार्तिक २० मंगलबार
  • Tuesday, 5 November, 2024

प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ज्वरो आएपछि भेटघाट रोकिएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालय सदस्य प्रकाश सिलवालले ज्वरो आएपछि प्रधानमन्त्री ओलीले आराम गरिरहेको बताए ।

'सामान्य ज्वरोका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम राख्नुभएको छैन । उहाँ प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहनुभएको छ,' प्रधानमन्त्री ओलीको सचिवालयले भनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर