• २०८१ कार्तिक २३ शुक्रबार
  • Friday, 8 November, 2024

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ सकियाे 

काठमाडाैं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको छ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ व्रत पूरा गरिएको हो।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने कामनाका साथ श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो।

व्रतालुले बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासना सुरु गरेका थिए।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर